जिम्बाबे: सुरक्षाकर्मीको गोली लागेर तीनजनाको मृत्यु

साउन १७ – जिम्बाबेमा सुरक्षाकर्मीको गोली लागेर तीनजनाको ज्यान गएको छ । राजधानी हरारेमा प्रदर्शन गरिरहेका विपक्षी दल समर्थकमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर उनीहरुको ज्यान गएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । संसदीय चुनावको नतिजामा सत्ताधारी जानू–पिएफ पार्टीले जित हात पार्ने देखिएपछि विपक्षी गठबन्धन एमडिसीले चुनावमा सत्तारुढ पार्टीले धाँधली गरेको आरोप लगाएको छ । अहिलेसम्म राष्ट्रपति चुनावको नतिजा भने सार्वजनिक गरिएको छैन । राष्ट्रपतिमा एमडिसी गठबन्धनका उम्मेद्वार नेल्सन चामिसाले जितेकाले परिणाम सार्वजनिक नगरिएको गठबन्धनको आरोप छ ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *