असोज १२ – काठमाडौंको हनुमानढोकामा यसिं ठड्याएर शुरु भएको येँया आज यसिं ढालेर सकिदैछ । आज राति १० बजेर २७ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा यसिं ढालिने केन्द्रिय मानन्धर संघले जनाएको छ । ढालेपछि यसिंलाई टेकुमा सेलाइने परम्परा छ । तर यसिंसँगै काठमाडौंको सुरक्षाको लागि भन्दै आठ कुनामा ठड्याएको लाकासि भनिने अष्ट मात्रिकाको प्रतिकलाई भने अर्को सालको जात्राको लागि राखिनेछ । एक हप्ता अघि असोज ५ गते यसिं ठड्याएर येँयाः शुरु भएको थियो ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *