इन्द्रजात्राको यसिं भोटाहीटी पुर्याइयोे

भाद्र २९ – इन्द्रजात्राको लागि काठमाडौंको बसन्तपुरमा ठड्याउने यसिंलाई भोटाहीटी पुर्याइएको छ । काभ्रेको नाला जंगलबाट ल्याएको रुखलाई हिजो भक्तपुरको सूर्य विनायकबाट तानेर भोटाहीटी पुर्याएको हो । हरेक वर्ष भाद्र शुक्ल चौथीका दिन यसिंको लागि ढालिएको रुखलाई भोटाहिटी पुर्याउनु पर्ने परम्परा अनुसार हिजो बेलुकी भोटाहिटी पुर्याइएको हो । रुख लिनको लागि राज्यको प्रतिनिधि स्वरुप राजखड्ग , गुथि संस्थानका प्रतिनिधि , पुजारी र गुर्जुपल्टन सहित केन्द्रीय मानन्धर संघका पदाधिकारीहरु अस्ति भदौ २६ गते वन प्रस्थान गरेको थियोे । यसिं सवन्धित सम्पूर्ण व्यवस्थापन केन्द्रीय मानन्धर संघले गर्ने गर्दछ । आउँदो असोज १ गते यसिंलाई नगर प्रस्थान गरेर ५ गते विहान ८ बजेर ५ मीनेटको साइतमा बसन्तपुरमा यसिं ठड्याएपछि यसवर्षको इन्द्रजात्रा विधिवत रुपमा शुरु हुनेछ ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *