अमेरिकामा कुमारीकाे रथयात्रा सहित येँया मनाइयाे

असोज २३ –  नेवा अर्गनाइजेशन अफ अमेरिका (एनओए) को आयोजनामा आठौं येन्हा पुन्ही  मेरिल्याण्डको ब्याक हिल रिजनल पार्कमा असोज २० गते शनिबार  सम्पन्न भएको छ । नेवा कल्चर र हेरिटेजको प्रबद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा १२ सय भदा बढी वासिंगटन डिसी क्षेत्रका कम्युनिटी सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेवारी समुदाय बाहेक अन्य जातीहरुको पनि बाक्लो उपस्थिती रहेको थियो ।

इन्द्र जात्राको सेलिब्रेशनमा कुमारी  रथयात्रा, दश अवतार, लाखे नाच, पुलुकिसी नाच लगायत विभिन्न धार्मिक इभेन्टसहरुलाई प्रभावकारी ढंगले नाटकीय रुपान्तरण गरेर देखाइएको थियो । कुमारीको रथलाई अति आकर्षक ढंगले सिंगारिएको थियो । १० फिट अग्लो र ८ फिट चौडाईको कुमारी रथलाई निकै नै अथेन्टिक नेवारी स्टाइलमा बनाइएको र यो बनाउन १२ जना डेडिकेटेड नेवा समुदायका व्यक्तिहरुले दश दिन लगाएर तयार पारेको कुरा एनओएका कार्यवाहक अध्यक्ष पुस्कर प्रजापतिले बताएका छन् ।

अमेरिकाको लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले कार्यक्रममा एनओएका सम्पूर्ण कार्यकारी समितिलाई नेपाल बाहिर अमेरिकामा पनि आफ्नो नेवा कल्चर, हेरिटेज र सभ्यतालाई भव्यताका साथ प्रोमोसन गरेको देख्दा आफू धेरै खुशी भएको र कमिटीलाई धेरै धन्यवाद दिदै कार्यक्रमका भोलिन्टियर र डोनरहरुलाई एनओएका तर्फबाट प्रमाणपत्र बितरण गरेका थिए ।

एनओएका कार्यबाहक अध्यक्ष प्रजापतिले उपस्थित सबै आगन्तुकहरुलाई स्वागत गर्दै कार्यक्रमको सुरुवात गरेका थिए । उनले उपस्थित भइदिएर कार्यक्रमलाई सफल पार्न सहयोग गरिदिएकोमा सम्पूर्ण कम्युनिटी मेम्बर्सहरुलाई धन्यवाद दिए । एनओएका उपाध्यक्ष सुशील लाल श्रेष्ठ, महासचिव महेन्द्र प्रधान, सचिव दिवाकर धौबडेल, कोषाध्यक्ष राजेश लाल श्रेष्ठ लगायत अन्य सबै कार्यकारी सदस्यहरुले यो कार्यक्रमलाई सफल पार्न निकैनै ठूलो योगदान र अहोरात्र खटेको कुराको जानकारी प्रजापतिले दिए ।

एनओएका कार्यकारी समिति बाहेक वासिंगटन डिसीमा बसोबास गरिरहेका अन्य संस्थाका लीडरहरुले लोकल कम्युनिटी मेम्बर्सले निकै नै सहयोग गरेको उनले बताए । एनओएले उक्त कार्यक्रममा बालबालिकाहरुको लागि ट्रेडिसनल फेश पेन्टिङ, कुमारी रथ यात्रा, दश अवतार, येँया पून्ही नाटक, सामेबजी, लाखे नाच लगायत अन्य थुप्रै कार्यक्रमको आयोजना गरिएको थियो ।

Facebook Comments
देश बाहिर, सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *