मंसिर २१ – यमनमा ४ वर्षदेखि चलिरहेको गृहयुद्ध अन्त्यको लागि स्वीडेनमा शान्तिवार्ता सुरु भएको छ । संयुक्त राष्ट्रसंघको पहलमा यमन सरकार र विद्रोही हुथी समुहका प्रतिनिधिबीच वार्ता भैरहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । यमनको गृहयुद्ध अन्त्यको लागि सन् २०१६ पछि पहिलो पटक शान्ति वार्ता भएको हो । यसअघि ४ महिनाअघि वार्ता गर्ने भनिएपनि हुथी विद्रोहीको तर्फबाट कोहि पनि वार्तामा सहभागी भएनन् । अहिले चलिरहेको वार्तामा दुवै पक्षबिच बन्दी रिहा गर्न छलफल भैरहेको छ । यो सम्झौताबाट छुटिएका हजारौं परिवारबीच पुर्नमिलन हुनेछ । संयुक्त राष्ट्रसंघका अनुसार यमनमा २०१५ देखि चलेको गृहयुद्धका कारण अहिलेसम्म कम्तिमा पनि ६ हजार ६ सय ६० जनाको ज्यान गएको छ भने १० हजार ५ सय ६० जना घाइते भएका छन् ।

Facebook Comments
INTERNATIONAL

Leave a Reply

Your email address will not be published. Required fields are marked *