भाद्र २५ – आत्महत्या विरुद्धको विश्व दिवस आज सचेतनामूलक कार्यक्रम गरी मनाईँदैछ । आत्महत्या गर्नबाट रोकथाम गर्ने उपायको खोजी र सचेतना फैलाउने उद्देश्यसहित हरेक वर्ष सेप्टेम्बर १० तारिखमा आत्महत्या विरुद्धको दिवस मनाउने गरिएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको छ । हरेक ४० सेकेण्डमा एकजनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ । आत्महत्या बढी हुने देशमा कम आएका भएका र मध्यम आएका भएका देश बढी रहेका छन् । पछिल्लो समय नेपालमा पनि अव्यवस्थित जीवनशैली र तनावका कारण आत्महत्याको दर बढेको विभिन्न तथ्याङले देखाएको छ । १५ देखि ४० उमेर समूहका व्यक्तिले आत्महत्या गर्ने गरेका पाइएको मनोविद करुणा कुँवरले बताउनुभयो ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *