विश्व बैंकले कम खर्चमा निर्माण हुने पुलका लागि ऋण दिने

असोज १२-  विश्व बैंकले कम खर्चमा निर्माण हुने पुलका लागि १३ अर्ब ३० करोड रुपैयाँ भन्दा बढी ऋण सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकको प्रधान कार्यालय वासिङटन डिसीमा भएको बोर्ड बैठकमा ४ सय ७७ भन्दाबढी पुल निर्माणका लागि यो रकम ऋणस्वरुप प्रधान गर्ने निर्णय भएको बैंकले जनाएको छ । योे रकमबाट ८० वटा दुई लेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको मर्मत सम्भारमा खर्च गरिनेछ । यो परियोजना सडक विभागले सञ्चालन गर्नेछ ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *