महिला हिंसाका समाचारमा गोपनियता कायम राख्न आग्रह

कार्तिक १६ –  राष्ट्रिय महिला आयोगले महिला हिंसाका समाचारहरुमा गोपनियता कायम राख्न आग्रह गरेको छ । शुक्रबार काठमाडौमा समाचारमा महिला विरुद्धका हिंसा बिषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्दे आयोगले गोपनियता नहुने डर महिला हिंसाको घटना बाहिर आउन नसक्ने भन्दै महिला विरुद्ध हुने हिंसाका समाचारहरुमा गोपनियता कायम राख्न आग्रह गरेको हो । अधिकांश महिला विरुद्ध हुने हिंसाका समाचारहरुमा पीडितको नाम ठेगाना र सम्बन्धित अन्य पहिचान खुलाईएको पाईएको आयोगको भनाई छ । त्यस्तै संचारको क्षेत्रमा गोपनियता कायम गरिनुको महत्व , प्रक्रिया र संवेदनशिलतामा कमी रहेको देखिएको पनि आयोगले जनाएको छ । कार्यक्रममा आयोगकी कानुन अधिकृत निर्मला गुरुङले गोपनियताका बिषयमा हिंसामा परेका महिलाहरुले आयोगमा गुनासो गरेको जानकारी दिनुभयो । उहाँले अति संवेदनशिल घटनामा निकै सचेत भएर गोपनियतालाई ख्याल गर्दे समाचार प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । २०७४/२०७५ मा ८ सय ३८ वटा हिंसाका मुद्दा आयोगमा दर्ता भएका छन् । जसमध्ये ७ सय ६६ वटा घरेलु हिंसाको उजुरी दर्ता भएको महिला आयोगको तथ्यांकमा उल्लेख छ । त्यस्तै चालू आर्थिक बर्षमा ७२ वटा महिला हिंसाका घटनाको उजुरी दर्ता भएकोमा ११ वटा उजुरी जवरजस्ती करणीको रहेको आयोगले जनाएको छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *