‘वाईडबडी जहाज खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन’ सुगतरत्न कंसाकार

पुस १२ – नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाईडबडी जहाज खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार नभएको बताउनुभएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महाप्रबन्धक कंसाकारले जहाज खरिदमा भएका टिकाटिप्पणी गलत रहेको बताउनुभयो । उहाँले वाईडबडी खरिद प्रक्रियामा सर्वोच्च अदालतले खरिद प्रक्रिया नियम, कानुनअनुसार नै रहेको भनेर फैसला गरेको स्पष्ट पार्नुभयो । कंसाकारले वाईडबडी जहाज खरिदमा भ्रष्टाचार नभएको दावी गर्दै आफूले पदबाट राजिनामा नगर्ने पनि दाबी गर्नुभयो । इतिहासमै सबैभन्दा कम मुल्यमा जहाज खरिद गरेको दावी गर्दै उहाँले बिरोध गर्नेहरुले कुरै नबुझेको बताउनुभयो । कंसाकारले प्राबिधिक कुरा नबुझि हल्लाको पछि नलाग्न नेताहरुलाई सुझाव दिनुभयो । उहाँले भुक्तानी गर्नुअघि नेपाल वायु सेवा निगमले महालेखापरीक्षकलाई जानकारी भने नगराएको स्पष्टपार्नुभयो । त्यस्तै उहाले वाईड बडी असफल बनाउने तत्वहरु रहेको र त्यसप्रति आफू जानकार रहेको पनि बताउनुभयो । आफूलाई विमान खरिद प्रकरणमा ६ अर्बको भ्रष्टाचारको आरोप लागेपनि यसमा कुनै सत्यता नभएको पनि उहाले जिकिर गर्नुभयो ।

Facebook Comments
अर्थ, ब्यानर

Leave a Reply

Your email address will not be published. Required fields are marked *