मृत्युको कारण – ८० वटा प्लास्टिक ब्याग

जेठ २० –  दक्षिणी थाइल्याण्डमा ८० वटा प्लास्टिकको ब्याग निलेका एक पाइलट व्हेलको ज्यान गएको छ । थाई समुद्री अधिकारीहरूका अनुसार साङ्ख्खा प्रांतको एक नहरमा उसलार्इ नियन्त्रण लिएर बचाउने प्रयास गरेको  थियो । तर प्रयाश विफल भएको थियो ।  त्यसबेला व्हेलले पाँच वटा ब्याग वान्ता गरेको उनीहरूले बताएका छन् । एक समुद्री विशेषज्ञका अनुसार लगभग ८ किलो (17 पाउन्ड ) ताैलको प्लास्टिकको ब्याग निलेका कारण उक्त व्हेललार्इ खाना खान असंभव भएको थियो ।

यदि अहिले नै नियन्त्रण गरिएन भने समुद्रमा प्लास्टिकको मात्रा एक दशकमा तीन गुणाले बढ्न सक्छ भनेर एक अध्ययनले चेतावनी दिएको छ । प्लास्टिकको बढी प्रयोग गर्ने देशमा थाइल्याण्ड पनि पर्दछ । त्यसैले  गएको महिना थार्इ सरकारले यसमा बढी कर लगाउने तयारी भइरहेको घोषणा थियो ।

यो पनि पढ्नु होस्

फालिएका प्लाष्टिक बोटलको असर कहाँसम्म

 

 

 

 

 

 

Facebook Comments
यो पनि ..........

One thought on “मृत्युको कारण – ८० वटा प्लास्टिक ब्याग

Leave a Reply

Your email address will not be published. Required fields are marked *