पुस १७ – यमनमा खाद्य संकट भएको क्षेत्रमा खाद्य सामग्रि पुर्याउनका लागि अवरोध नगर्न विश्व खाद्य कार्यक्रमले हुथी विद्रोहीलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघको एक अनुसन्धानको क्रममा यमनको राजधानी सना लगायतका ठाउँमा हुथि विद्रोहीका कारण खाद्य सामग्रि पुर्याउन नसकेको पाइएको छ । खाद्य कार्यक्रमले राहतका लागि लगेको खाद्यान्न बाँड्न नदिएर विद्रोहीले खुल्ला बजारमा बेच्ने गरेका छन् । हुथी विद्रोहीले भने यो विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । यमनमा २ करोड नागरिकले खाद्य संकट झेलिरहेका छन् । २०१५ मा शुरु भएको गृहयुद्ध पश्चात देशमा द्धन्द्ध शुरु भएको थियो । लडाईको क्रममा अहिलेसम्म झण्डै ७ हजार नागरिक मारिएका छन् भने झण्डै ११ हजार घाइते भएका छन् ।

Facebook Comments
INTERNATIONAL

Leave a Reply

Your email address will not be published. Required fields are marked *