असोज २३ – काठमाण्डू उपत्यकामा पहिलोपटक ‘वाटर एटिएम’ सञ्चालन हुने भएको छ । उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पर्सि बिहिबार ललितपुरको सैंबुमा रहेको बोर्डको परिसरमा ‘वाटर एटिएम’को नमूना प्रदर्शन गर्न लागेको जनाएको हो । बोर्डका कार्यकारी निर्देशक डाक्टर संजीवविक्रम राणाका अनुसार एटिएमबाट निश्चित रकम भुक्तानी गरेपछि स्वच्छ पानी पिउन पाइने छ । यस्तो एटिएम पहिलो चरणमा ललितपुरको पाटन दरबार स्क्वायरमा राखिने र विस्तारै काठमाडौँ उपत्यकाभित्र विस्तार गर्दै लैजाने योजना रहेको उहाँले बताउनुभयो ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *