फोहर तत्कालका लागि व्यवस्थापन गर्ने तयारी

असोज २४ – काठमाडौँ उपत्यकाको फोहर तत्कालका लागि व्यवस्थापन गर्ने तयारी भएको छ । पर्सि शुक्रबारसम्ममा तत्कालका लागि अल्पकालीन फोहर व्यवस्थापन गर्ने ठाउँको टुङ्गो लागिसक्ने काठमाण्डू महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालका लागि आत्पकालीन र त्यसपछि दीर्घकालीन फोहर व्यवस्थापन गर्ने ठाउँको खोजी भइरहेको छ । काठमाडौँ उपत्यकाको फोहर अहिले नुवाकोटको ककनी गाउँपालिकाको सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । तर यो ठाउँ भरिएकाले फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको छ । हरेक दिन उपत्यकाबाट १२ सय मेट्रिक टन फोहर संकलन हुने गरेको छ ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *