ललितपुर महानगरलाई कसिंगरमुक्त बनाउन अध्ययन शुरु

साउन १८ – आगामी ४ बर्षभित्र ललितपुर महानगरपालिकालाई कसिंगरमुक्त बनाउन अध्ययन शुरु गरिएको छ । नगरक्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौतीका रुपमा रहेकाले यसको दिगो समाधानका लागि अध्ययन शुरु गरिएको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताउनुभयो । अहिले महानगरको फोहरमैला व्यवस्थापनमा जनशक्ति मात्रै खटिएकामा उपकरणको प्रयोग पनि बढाइने उहाँको भनाई छ । महानगरपालिकाले यसै आर्थिक वर्षबाट फोहरमैलामा मुख्य समस्याको रुपमा रहेको प्लाष्टिकको प्रयोगमा रोक लगाएको छ ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *