साउन २० –  भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । भेनेजुयलाका अधिकारीहरुले राष्ट्रपति मदुरो सकुशल रहेको बताएका छन् ।  उहाँको सुरक्षार्थ तैनाथ सैनिकहरु घाइते भएका छन् ।

राजधानी कराकासमा सेनाको कार्यक्रमलाई राष्ट्रपति निकोलसले सम्बोधन गरिरहेको बेला ड्रोन बिस्फोट भएको थियो । उक्त कार्यक्रम टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको थियो । ड्रोन हमला भएपछि सुरक्षाकर्मीहरुले राष्ट्रपतिलाई घेरा हालेर सुरक्षित स्थानमा लगेका थिए । ड्रोन हमलामा कसको संलग्नता छ भन्ने खुलेको छैन ।

Facebook Comments
INTERNATIONAL

Leave a Reply

Your email address will not be published. Required fields are marked *