अमेरिकी डलरको भाउ घट्यो

भाद्र २३ –  अमेरिकी डलरको भाउ आज चाहिँ घटेको छ । पछिल्ला दिनमा लगातार बढिरहेको अमेरिकी डलर आज भने प्रतिडलर ४० पैसा घटेको हो । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको विक्रिदर १ सय १५ रुपैयाँ ८ पैसा तोकेको छ । हिजो एक डलरको भाउ १ सय १५ रुपैयाँ ४८ पैसा थियो । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएकोले डलरको भाउ लगातार बढिरहेको अर्थविदहरुको तर्क छ । सन् २००० को जनवरी १ मा एक अमेरिकी डलरको मूल्य ६८ रुपैयाँ ४ पैसा थियो ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *