साउन २२ – संघीय संसद सञ्चालन भएको करिब ५ महिनापछि राष्ट्रिय सभा अन्र्तगतका समितिहरु क्रियाशिल भएका छन् । मंगलबार सिंहदरबारमा राष्ट्रियसभाका चार वटै समितिको पहिलो बैठक समेत बसेको छ । राष्ट्रियसभाका विषयगत समिति अन्र्तगत दिगो विकास सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको पहिलो बैठकमा समिति सदस्यको परिचयका साथै समितिका कार्यक्षेत्रका बारेमा सामान्य छलफल भएको थियो । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले सहजीकरण गर्नुभएको थियो । लामो समय समिति गठन नहुँदा सांसदहरुले राष्ट्रिय तथा जनसरोकारका विषयमा छलफल गर्न पाएका थिएनन् । समिति क्रियाशिल भएसंगै आम चाँसोका विषयले महत्व पाउने र सरकारका गतिविधिबारे गहन छलफल हुने संसद सचिवालयले जनाएको छ ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *