साउन २५ – संघीय संसद राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको कार्यविधी २०७५ परिमार्जन सहित पारित भएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकमा समिति सदस्यहरु राखेका धारणा सहित कार्यबिधी पारित भएको समितिका जेष्ठ सदस्य हरिचरण शिवाकोटीले जानकारी दिनुभयो । राष्ट्रिय सभा नियमावली २०७५ को नियम १४७ को उपनियम २ ले दिएको अधिकार प्रयोग गरि समितिले आफ्नो कार्यक्षेत्र अन्तर्गतका जिम्मेवारी सुव्यवस्थीत ढंगले सञ्चालन गर्न कार्यबिधी बनाईएको शिवाकोटीले बताउनुभयो । २३ बुदा रहेको कार्यविधीमा केहि समस्या देखिए पुन समितिमा छलफल गराईने शिवाकोटीले जानकारी दिनुभयो । यसअघि कार्यबिद्यीमाथिको छलफलमा माग लिदै समितिका सदस्यहरुले ऐनको प्रभावकारी कार्यान्वयन हुने गरी काम गर्ने व्यवस्था कार्य्विधिमै उल्लेख गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । समितिको कार्य क्षेत्र भित्र राष्ट्रियसभामा प्राप्त विधेयकमाथि छलफल तथा विधेयक व्यवस्थापन, ऐन कार्यान्वयन मापन र अध्ययन, अनुसन्धान सम्बन्धि विषय पर्दछन् ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *