प्रशासकीय अदालतको सम्बन्धी विधेयक विधायन समितिमा पठायो

साउन २३ – प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ दफाबार छलफलको लागि विधायन समितिमा पठाईएको छ ।  राष्ट्रिय सभाको बुधबारको बैठकले उक्त विधेयक छलफलका लागी विधायन समितिमा पठाएको हो । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको सो विधेयकलाई सर्वसम्मतिले समितिमा पठाउने निर्णय गरेको थियो । यस्तै बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद् विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २८ गते सोमबार ११ बजे बोलाईएको छ ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *