अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रुसी समकक्षी पुटिनसँगको वार्ता रद्द गर्ने चेतावनी

मंसिर १२ – युक्रेनसँगको विवाद नसल्टाए अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादमिर पुटिनसँगको वार्ता रद्द गर्ने चेतावनी दिनु भएको छ । आउदो हप्ता हुने ‘जी ट्वेन्टी’ सम्मेलनका क्रममा दुई नेताहरुबीच वार्ताको तयारी थियो । तर आइतबार युक्रेनको एउटा पानी जहाज नियन्त्रणमा लिएको रुसले, अरु तीन वटा डुंगामा रहेका युक्रेनीलाई पक्राउ गरेर हस्तक्षेप गरेको भन्दै अमेरिकाले आपत्ति जनाएको हो । अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाउन युरोपिएन देशहरुलाई आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले रुसविरुद्ध कडा प्रतिबन्ध लगाउन युरोपियन देशरुलाई आग्रह गर्नु भएको हो ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *