युएई सरकारले दिएको आममाफीको सक्दो उपयोग गर्न नेपाली नागरिकलाई दूतावासको अाग्रह

साउन १६ – युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आजदेखि तीन महिनासम्मका लागि आम माफी दिएको छ । नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न नेपाली नागरिकलाई आग्रह गरेको छ । आममाफी लागू भएपछि अब बिनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिनाजरिवाना र बिना सजायँ आफ्नो देश जान वा काम र भिसा दिने स्पोन्सर पाएमा वैधरूपमा पुनः युएईमै काम गर्न पाउने भएका छन् । नेपाली दूताबास अबुधाबीले युएईभित्र रहेका सबै अवैध नेपालीलाई आफ्नो सम्पर्कमा आउनसमेत आग्रह गरेको छ । भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर काम नपाई ओभर स्टे भएका, पासपोर्ट नभएका कामदारले दूतावासको सहयोगमा आवश्यक कागजात मिलाएर नेपाल फर्कन पाउनेछन् । आफूलाई पाएक पर्ने ठाउँको अध्यागमन कार्यालयबाट यात्रा अनुमति पत्र लिने र दूतावासबाट आउटपास लिएर नेपाल फर्किन पाइने दूतावासले जनाएको छ ।

Facebook Comments
देश बाहिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *