यूएईका जेलहरुको भ्रमण अभियान सुरु

मंसिर १५ – नेपाली दूतावास आबुधाबीले यूएईका जेलहरुको भ्रमण अभियान सुरु गरेको छ । अभियान अन्तर्गत यूएईका सात वटा राज्यमा रहेका सबै जेलमा पुगेर ती जेलमा रहेका नेपालीको अवस्थाबारे दूतावासले जानकारी लिने छ । एक वर्षमा दुई पटक जेल भ्रमण गर्ने योजना अनुसार यस वर्ष दोस्रो पटक अभियान सुरु गरेको हो । यूएईका सातैवटा राज्य पुगेर दूतावासले त्यहँंका ८ वटा कारागारमा कैदी जीवन बिताइरहेका नेपालीको मुद्दा, उनीहरुमाथि लागेको आरोप र अवस्थाबारे जानकारी लिने छ । त्यस्तै उनीहरुलाई लागेको आरोप वा मुद्दाका विषयमा दुतावासले गर्नसक्ने कानुनी सहजीकरणका लागि योजना बनाउन दूतावासले अभियान सुरु गरेको कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिनुभयो । दुतावासले १० महिना अघि पनि यूएईका सबै जेलमा पुगेर नेपालीको अवस्थाबारे सरकारलाई जानकारी गराएको थियो । त्यसबेला १ सय ८५ जना नेपालीले जेल सजाय भोगिरहेका थिए ।

Facebook Comments
देश बाहिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *