आममाफी प्रकृयाबाट घर फर्कने बाटो खुल्यो

मंसिर १५ – युएईमा आममाफी प्रकृयाबाट १ हजार नेपाली घर फर्कने बाटो खुलेको छ । ४ महिने आममाफी प्रक्रिया सकिएसँगै उनीहरु नेपाल फर्कन पाउने भएका हुन् । वैधानिक बन्न चाहने वा आममाफी प्रकृया मार्फत नेपाल फर्किन चाहने कोही पनि नेपाली नछुटेको नेपाली दुतावासको दावी छ । भिसाको अवधि सकिएर बसेका, आएको कम्पनी छोडी भागेर बसेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएर अबैधानिक भएका नेपालीहरु आममाफी प्रकृयामा सहभागी भएका थिए । आममाफी प्रकृयामा पुरुष भन्दा महिलाको सख्या धेरै रहेको दुतावासको भनाइ छ । आममाफी प्रक्रियामा अवैधानिक रुपमा बसोबास गरिरहेका नेपालीसहित अरु देशका नागरिकलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रकृया पूरा गरी आफ्नो देश फर्किन आग्रह गरिएको थियो । युएईमा नागरिकता पहिचान सम्बन्धी संघीय प्राधिकरणका अनुसार यो पटकको आममाफी प्रकृया सकिएको छ । अब अवैध कामदार भेटिए कारबाही गरिने युएई सरकारले जनाएको छ ।

Facebook Comments
देश बाहिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *