३ किलो सुनसहित २ जना पक्राउ

असोज ९ –  प्रहरीले काठमाडौंको टोखाबाट ३ किलो सुनसहित २ जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गर्दे रसुवाका पेम्बा तामाङ र नरबहादुर घलेलाई तीन किलो सुन सहित सार्वजनिक गरेको हो । रसुवा केरुङ नाका हुदै सुन तस्करी भईरहेको सूचनाका आधारमा काठमाडौंको तीनपीप्ले र टोखा रोडमा निगरानी गरिरहेको अबस्थामा टोखामा बा ७३ प ३४०२ नंवरको पल्सर मोटरसाईकलमा आएका २ जनालाई शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट तस्करी गरिएको ३ किलो सुन भेटिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिनुभयो । सुन ल्याउनेहरु भरियामात्र भएको वास्तविक धनीको खोजिकार्य भईरहेको उहाले बताउनुभयो । बरामद गरिएको सुनको बजार मूल्य १ करोड ५० लाख २० हजार सात सय रुपैया पर्ने प्रहरीले जनाएको छ । प्रमुख एसएसपी लामाले पक्राउ गरेका दुई जनाले यसअघि दुई महिनामा तीन किलो सुन ल्याएको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

सुन मगाउने व्यापारिका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *