त्रिभुवन विश्वविद्यालयको वार्षिक बजेट पारित

असोज २ – त्रिभुवन विश्वविद्यालयको वार्षिक सभाले आर्थिक वर्ष ०७५/०७६ का लागि २१ अर्ब १० करोड ८० लाख १३ हजारको बजेट पारित गरेको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार काठमाडौमा बसेको त्रिविसभाले उक्त रकम बराबरको बजेट पारित गरेको हो । प्रस्तावित बजेटमा संचालन खर्चको हिस्सा ७९ दशमलव १२ प्रतिशत रहेको छ भने पुजिगत खर्चको हिस्सा २० दशमलव ८८ प्रतिशत रहको छ । यसमा पुननिर्माणका लागी प्राप्त हुने रु ५० करोड रुपैया र उच्च शिक्षा सुधार परियोजनाबाट निकाय र ईकाईगत रुपमा प्रदान गरिने रु ५६ करोड ६ लाख १५ हजार रुपैया भने समावेश नगरेको विश्वविद्यालयका रजिष्ट्रारको कार्यालयले जनाएको छ । बिश्वबिद्यालयले शिक्षण क्रियाकपालमाप्रविधीको पहुच बिस्तार गर्न पूर्वाधार बिकासका लागी ३ करोड छुट्टाएको जनाएको छ । प्राविधिक शैक्षिक कार्यक्रम अन्तर्गत नया कार्यक्रम तथा बिषय बिस्तारका लागी १० करोड ८८ लाख छुट्टाईएको उपकुलपति प्राध्यापक डाक्टर तिर्थ खनियाले जानकारी दिनुभयो । उहाले सन २०३० भित्रमा बिश्वका एकहजार बिश्वबिद्यालयभित्र पर्ने गरि बिश्वबिद्यालयले उत्कृष्ट कार्यक्रम ल्याईने जानकारी दिनुभयो ।

उपकुलपति खनियाले उच्च शिक्षामा विश्वव्यापी परिवर्तनलाई ध्यानमा राखि ‘विकासकालागि त्रिवि भिजन २०३०’ तयार गरी यसका निम्ति रणनीतिक योजना तयार गरिएको जानकारी पनि दिनुभयो ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *