भाद्र १९ – काठमाण्डुको सबै विद्यालयमा अवदेखि अनिवार्य रुपमा रुख रोनुपर्ने भएको छ । हरियो वन नेपालको धन भनिएपनि संरक्षण र जागरणको अभावमा वातावरण विनासको असर पर्न थालेपछि सरकारले सबै विद्यालयमा अनिवार्य रुपमा रुख रोप्ने अभियान ल्याएको हो । घरपछिको दोस्रो परिवार मानिने विद्यालयलाई हरियाली वातावरणयुक्त बनाउनुपर्ने भन्दै अनिवार्य रुपमा बिरुवा रोप्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले बताउनुभयो । सरकारले ३९ औँ राष्ट्रिय शिक्षा दिवस साताव्यापी रुपमा मनाउन लागेको छ । मन्त्तालयले साताव्यापी रुपमा मनाउन लागेको शिक्षा दिवसको अवसरमा सबै विद्यालयले अनिवार्य रुपमा विद्यालयमा एउटा भनेपनि रुख रोप्न उहाँको सुझाव छ । आउने भदौ २३ गते देखि १ हप्ता शिक्षा दिवस मनाउने सरकारको तयारी छ ।

Facebook Comments
SOCIETY

Leave a Reply

Your email address will not be published. Required fields are marked *