टोखा नगरपालिकाका धार्मिक तथा ऐतिहासिकस्थललाई पर्यकीय स्थलको रुपमा विकास गरिने

साउन २० –  काठमाडौँको टोखा नगरपालिकाका धार्मिक तथा ऐतिहासिकस्थललाई पर्यकीय स्थलको रुपमा विकास गरिने भएको छ ।  टोखा सस्कृति सम्पदा संरक्षण दबुले टोखा नगरपालिकाको सहकार्यमा चार वर्षे कार्ययोजना बनाई धार्मिक तथा ऐतिहासिकस्थललाइ पर्यकीय स्थलको रुपमा विकास गर्ने जनाएको हो । दबुले आईतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे आगामी श्रावण २७ गते उक्त चार बर्षे कार्ययोजना सार्वजनिक गर्ने समेत जानकारी दिएको छ साथै सोहि दिन नै नेपालको कला सस्कृति संरक्षणमा योगदान दिदै आउनुभएका युगपुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई काठमाडौको शान्तिबाटिकादेखि बिशेष झाँकी सहिको र्याली सहित सभागृहमा बिशेष अभिनन्दन गरिने दबुले जनाएको छ । टोखामा अहिलेसम्म जीवन्त पर्यटनको बिकास गरि आयआर्जन तर्फ उन्मुख गराउने र निरन्तर कला संस्कृतिको जगेर्नाका लागी समेत आवश्यक योजना तय गरिने टोखा सस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मणिराज डंगोलले जानकारी दिनुभयो । टोखा नगरपालिकाभित्रका धार्मिक स्थललाई पर्यटकीस्थल बनाउने गरी गुरुयोजना तयार गरेको जानकारी दिंदै डंगालले टोखाको मौलिक संस्कृति सम्पदा संरक्षण तथा पर्यटन बिकासका लागी निरन्तर रुपमा अन्तक्र्रियात्मक कार्यक्रमको सहित अगाडी बढ्ने योजना तय भएको बताउनुभयो ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *