साउन १५ – उपत्यकामा चल्ने ट्रक र टिपरका लागि टाइमकार्ड लागु भएको छ । टिप्परको लागि बेलुकी ८ देखि १० बजेसम्म टाइमकार्ड लागु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै ट्रकको लागि भने बिहान ८ बजे भन्दा अगाडि, १२ देखि ३ बजेसम्म र बेलुका ८ देखि १० सम्म टाइमकार्ड लागु गरिएको छ । दुर्घटना बढाएको भन्दै उपत्यकामा दिउँसो टिप्पर चलाउन रोक लगाइएको छ । यस्तै ट्रकलाई पनि निश्चित समय मात्रै सडकमा गुड्न दिइएको छ । तर रातीको समयमा मात्रै टिप्पर चलाउन दिँदा तिब्र गतिका कारण दुर्घटनाको जोखिम झन् बढेको पाइएको छ । हिजो मात्रै पनि उपत्यकामा चल्ने १०६ वटा ट्रक र ट्रिपरलाई टाइमकार्ड वितरण गरिएको महाशाखाले जनाएको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *