तीन प्रतिष्ठानलाई एक ठाउँमा गाभ्न नहुने

साउन १९ –  नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रज्ञा–प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई एक ठाउँमा गाभ्न नहुने सरोकारवालाहरुले बताएका छन् । नेपाल ललितकला पत्रकार समाजले काठमाण्डुमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले प्रज्ञा–प्रतिष्ठान गाभ्नुभन्दा पनि थप गर्नेतर्फ सरकार लाग्नुपर्ने बताएका हुन्। नेकपाका केन्द्रीय सदस्य एवं जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईले बजेट भाषणमा प्रज्ञा–प्रतिष्ठान गाभ्ने कुरा उपयुक्त नभएको बताउनुभयो । देशको आवश्यकता र औचित्य भएका कारण प्रज्ञा–प्रतिष्ठान स्थापना भएको उहाँको भनाइ थियो ।

Facebook Comments
साहित्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *