थेचो ब्रम्हायणी मूर्ति पुनः स्थापना

असोज २०  – गएको वर्षको माघ १९ गते ललितपुर थेचोमा चोरी भएका ब्रम्हायणी देवीको मूर्ति पुनस्थापना गरिएको छ । शनिबार विधिवत पुजा गरेर मूर्तिलाई पुनस्थापना गरिएको हो ।

चोरी भएको मूर्ति नभेटिएकोले दशैमा पुजा गर्न चाहिएकोले स्थानीय ब्रम्हायणी देवीको मूःल सनागुठी, क्वाना गुठी र न्ह्यक्ष गुठीका गुथियारहरुले आफैले पैसा राखेर मूर्ति स्थापना गरेका हुन् ।

मूर्ति पूनःस्थापना गर्नको लागि परम्परागत बाजागाजा सहित मूर्ति बनाएका कलाकार श्याम महर्जनको घरमा पुगेर तीनवटै गुठीका मुख्य थकालीहरुले मूर्ति पूजा गरेर ल्याएका हुन् । त्यस्तै मूर्तिमा सुन लेपन गर्नको लागि स्थानीय रमेश महर्जनले आर्थिक सहयोग गर्नु भएको हो ।

Facebook Comments
सम्पदा / संस्कृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *