असोज ९-  येँयाको आज चौथो दिन, कुमारीको रथलाई काठमाडौंको माथिल्लो भागमा तानेर थनेयाः मनादैछ । आज कुमारी, भैरव र गणेशको रथलाई बसन्तपुरबाट प्याफल, यटखा, न्हयोखा, थायमदु ,असन, केलटोल, इन्द्रचोक र मखनमा तानिनेछ । हिजो येँयाको तेश्रो दिन रथहरुलाई लगन, मरु, काठमाडौंको तल्लो क्षेत्रमा तानिएको थियो । कुमारीको रथसँगै लाखे, पुलुकिसी , लगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिनेछ । त्यस्तै भक्तपुरमा सिद्धपोखरी मेला लागेको छ । हिजो बेलुकीबाट शुरु भएको मेलामा वंशगोपाल चोकबाट राती ल्याएको वंशगोपालको मूर्तिलाई पोखरीमा नुहाइदिने गरिन्छ । त्यस्तै पाटनमा मंगलबजारको महादेवको विशेष पूजा गरेर मंगलबजार क्षेत्रमा येँया मनाइदैछ ।

Facebook Comments
HERITAGE/CULTURE

Leave a Reply

Your email address will not be published. Required fields are marked *