रुसद्वारा युक्रेनी नौसेनाका पानीजहाज कब्जा

मंसिर १० – रुसले क्रिमिया प्रायद्विपमा रहेको युक्रेनी नौसेनाका हतियार सहितका दुईवटा डुँगा र एउटा पानीजहाज कब्जा गरेको छ । क्रिमियाको विषयमा रुस र युक्रेनबिच तनाब बढीरहेका बेला रुसले हतियारयुक्त दुई डुंगा र डुंगा तान्ने एउटा पानीजहाज नियन्त्रणमा लिएको हो । त्यसक्रममा पानीजहाजमा रहेका २ जना युक्रेनी घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसले युक्रेनी जहाज आजोव सागरको आफ्नो जल सीमामा गैरकानुनी रुपमा प्रवेश गरेको आरोप लगाएको छ ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *