नेपालमा हरेक वर्ष क्षयरोगका नयाँ विरामी थपिदै

मंसिर १३ – आज ६५ औँ राष्ट्रिय क्षयरोग निवारण दिवस । सबैलाई जागरुक गराउने हाम्रो भावना, क्षयरोग मुक्त समाज निर्माण गर्ने हाम्रो चाहाना भन्ने नाराका साथ सचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा आज क्षयरोग विशेषज्ञ डाक्टर दीर्घसिंह बमलाई स्वर्गिय डाक्टर नारायणगोविन्द अमात्य पुरस्कारबाट सम्मान गरिने नेपाल क्षयरोग निवारण केन्द्रले जनाएको छ । केन्द्रका अध्यक्ष देवेन्द्रबहादुर प्रधानले क्षयरोगका कारण नेपालमा हरेक वर्ष ५ देखि ७ हजार मानिसको ज्यान जाने गरेको बताउनुभयो । क्षयरोग निवारणकालागि विरामीलाई डाक्टरले प्रत्यक्ष निगरानीमा गरिने ‘डट्स’ विधिबाट निःशुल्क उपचार हुदै आएको छ । तर श्वासप्रश्वासबाट सजिलै सर्ने भएकाले यो रोगको निवारणमा चुनौती देखिएको छ । नेपालमा हरेक वर्ष क्षयरोगका नयाँ विरामी थपने गरेका तथ्याङले देखाएको छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *