‘स्थानीय तहमा करमा नभई करको दायरामा मात्र वृद्धि’

भाद्र २४ – सरोकारवालाहरुले स्थानीय तहमा करमा नभई करको दायरामा मात्र वृद्धि भएको दाबी गरेका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपालले आईतबार काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तहको करको प्रणालीका तत्कालीन सवालहरू’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागिले करको दायरा बढेकाले अहिले सञ्चार माध्यममा करका विषयमा आएजस्तो समस्या नभएको बताएका हुन् । कार्यक्रममा प्रदेश नंं ३ का आर्थिक तथा योजनामन्त्री कैलाश ढुङ्गेलले कर र सेवा दुवैलाई सन्तुलन गर्ने खालले कर स्थानीय तहले लगाएको प्रष्ट पार्नुभयो । पहिले कर लिने गरेपनि अहिले स्थानीय तहले लिने करको दायरा बढेकाले बढी कर लिएको जनतालाई आभास भएको उहाँको भनाइ थियो । त्यस्तैराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सहसचिव गोपीकृष्ण खनालले जनताको प्रत्यक्ष फाइदा पुग्ने कुरामा मात्र कर लगाउनुपर्ने बताउनुभयो । त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विष्णुदत्त गौतमले स्थानीय तहलाई दिइएको अधिकारअनुसार नै कर लिएको भन्दै स्थानीय तहले पहिलो पटक करको अभ्यास गरेकाले केही प्राविधिक समस्या मात्र देखिएको बताउनुभयो । कार्यक्रममा महासङ्घका महासचिव वंशलाल तामाङले कानूनमा रहेर कर लिएको तथा नयाँ नगरपालिकाले उठाएको करलाई सञ्चार माध्यममा अनावश्यक प्रचार गरिएको गर्नुभयो ।

Facebook Comments
अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *