‘तातोपानी नाका छिटै सञ्चालनमा आउने’

भाद्र २७ – सभामुख कृष्णबहादुर महराले नेपाल र चीनको सिमानामा रहेको तातोपानी नाका छिटै सञ्चालनमा आउने बिश्वास व्यक्त गर्नुभएको छ । पाँच दिने चीन भ्रमण सम्पन्न गरि बुधबार स्वदेश फर्कनुभएका सभामुख महराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दे सरकारको सहयोगमा पुनःनिर्माण हुने नेपाल र चीनको सिमानामा रहेको तातोपानीको मितेरी पुलको सिल्यानाश गरिएको भन्दै बन्द नाका खुलाउन चीन पनि सकारात्मक देखिएको बताउनुभयो । त्यस्तै भ्रमणका क्रममा तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको परिसरमा पुनःनिर्माण हुने नेपाली महावाणिज्य दूतावासको भवन, र चीनको सिमानामा बन्ने रसुवागढी पुलको शिलान्यास गर्नुभएको बताउनुभयो । चीन भ्रमण उपलब्धिमूलक र फलदायी भएको भन्दै उहाले भ्रमणले नेपाल र चीनबीचको आपसी हित एवं मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाएको उल्लेख गर्नुभयो । तिब्बत भ्रमणका अवसरमा सभामुख महराले चीनको तिब्बत स्वशासित क्षेत्रका पार्टी प्रमुख वु यिङै एवं उच्चपदस्थ पदाधिकारीसँग शिष्टाचार भेटघाट भएको भन्दै उहाले नेपाल, तिब्बत र चीनबीचको ऐतिहासिक एवं कूटनीतिक सम्बन्ध, व्यापार, लगानी एवं पर्यटनलगायत विषयमा छलफल भएको बताउनुभयो । सभामु महरा छिमेकी राष्ट्र जनवादी गणतन्त्र चीन र यसको स्वशासित क्षेत्र तिब्बत सरकारको निमन्त्रणामा तिब्बतको ल्हासामा आयोजित चौथो तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनमा प्रमुख अतिथिका रुपमा १० सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ २२ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *