कार्तिक ९ – काठमाडौंको तारकेश्वर नगरपालिकामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । सिमेन्ट बोकेर आउँदै गरेको ना६ख ७८२६ नम्बरको ट्रकले तारकेश्वर नगरपालिकास्थीत लोलाङ बोहराटारमा पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।मृत्यु हुनेमा गोर्खा बुङ्कोट घर भई तारकेश्वरमा बस्दै आएकी तीलकुमारी तिवारी र उनका नाती आरजित तिवारी रहेका छन् । दुर्घटनामा नुवाकोट सिउडेनीकी सावित्री पुडासैनी घाइते हुनुभएको छ । उहाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । सहचालकले ट्रक चलाउँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि स्थानीयहरुले उक्त क्षेत्रमा विरोध प्रर्दशन गरेका छन् भने शव उठाउन मानेका छैनन् ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *