साउन ६ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अहिलेपनि यातायात क्षेत्रमा सिण्डिकेट कायम रहेको भन्ने आरोपमा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ ।  आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कामा मन्त्री महासेठले अहिलेपनि यातायात क्षेत्रमा सिण्डिकेट छ भन्ने हल्लामा कुनै सत्यता नरहेको भन्दै सिण्डिकेट चलाउने संघ तथा संस्थाहरुको नविकरण यो साउन १ गतेदेखि बन्द गरिएको जानकारी दिनुभयो । मन्त्री महासेठले कम्पनी ऐन अन्र्तगर्त ल्याउनको लागि आफूहरुले निर्देशिका जारी गरिसकेको बताउँदै पूरानो निर्देशिकालाई सच्याएर बढिमा पुस मसान्तसम्म अनिवार्य रुपमा आउनुपर्ने भनेर व्यवसायीलाई पनि कानूनले बाँध्ने काम गरेको उल्लेख गर्नुभयो । मन्त्री महासेठले सबै नयाँ रुट परमिट प्रतिष्पर्धाबाट दिईरहेको र आगामी दिनमा पनि प्रतिष्पर्धाबाट नैदिने बताउनुभयो । सिण्डिकेटसँग सम्बन्धित जतिपनि संघसस्थाहरु छन् तिनीहरुको खाता आफूहरुले बैशाख २१ गतेबाट नै रोकिसकेको पनि उहाले जनाउनुभयो । मन्त्री महासेठले सिण्डिकेटको अन्त्य भैसकेको भन्ने कुराको अनुभुति जनताले अब छिट्टै पाउनेपनि दाबी गर्नुभयो । आफूले घोषणा गरेका नयाँ राष्ट्रिय गौरवका योजनाहरुमा सप्तरीको कञ्चनपुरदेखि लौकीसम्म २२ किलोमिटरसम्म सिधा बाटो बनाउने घोषणा गरेको जनाउँदै यही आर्थिक वर्षभित्र यसलाई सम्पन्न गर्नेपनि मन्त्री महासेठले बताउनुभयो ।

फरक प्रसँगमा उहाले अनशनरत डाक्टर गोविन्द केसीको माँगलाई राजनीतिक विषय बनाउन नहुने धारणा पनि राख्नुभयो ।अहिलेसम्म डाक्टर केसी १५ औं पटकसम्म अनशन बसेको र उनका मागहरु सरकारले पूरा गरेको पनि उहाले बताउनुभयो । उहाले प्रत्येक वर्ष ७ सय देखि ९ सयसम्म नेपाल विद्यार्थीहरु मेडिकल शिक्षा हाँसिल गर्न विदेश गैरहेको र यसले नेपालको वार्षिक अर्बौं रुपैयाँ घाटा भैरहेको तर्क गर्नुभयो ।

Facebook Comments
देश भित्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *