काठमाडौमा स्वाइनफ्लु

पुस ३० –  विभिन्न ठाउँमा स्वाइनफ्लुको संक्रमण देखिएकाले सर्तकता अपनाउन डाक्टरले आग्रह गरेका छन् । काठमाडौ, रामेछाप र बारा लगायत ठाउँका अस्पतालमा पुगेका बिरामीमा स्वाइनफ्लुको संक्रमण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो । विशेषगरी मंसिरदेखि माघसम्म र वर्षा यामका बेला स्वाइन फ्लु देखिने स्वाइनफ्लु छिट्टो सर्ने भएकाल सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो । शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने, घाँटी दुख्ने लक्षण स्वाइनफ्लुको हुन सक्ने भएकाले स्वास्थ्य सँस्थामा गइहाल्न डाक्टर पुनले आग्रह गर्नुभयो । ४ प्रकारका स्वाइनफ्लु मध्ये एचवान एनवान भाइरस सवैभन्दा खतरनाक हो । अहिले नेपालका विभिन्न ठाउँमा देखिएको भाइरस पनि एचवान एनवान नै भएकाले झनै सतर्कता अपनाउनुपर्ने डाक्टर पुनले बताउनुभयो । य