सूर्यविनायकमा बसको ठक्करबाट दुई जनाको मृत्यु

असोज ५ –  भक्तपुरको सूर्यविनायकमा बसको ठक्करबाट मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको छ । गएराति बा ९ ख ९४५४ नम्बरको बसले बा ८० प ६९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको हो । दुर्घटनामा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि रहेका चितवन घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारीको ज्यान गएको महानगरीय प्रहरी बृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिनुभयो । बस चालक काभ्रे बनेपा चारदोबाटोका सनम श्रेष्ठलाई प्रहरीले पक्रेको छ ।

Facebook Comments
अपराध/दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *