क्यान्सर सरभाइवर ‍र्याम्प सो’ सम्पन्न

पुस २८ – ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले क्यान्सरलाई जितेर सहज, स्वस्थ जीवन बिताइरहेकाहरुलाई ‍र्याम्पमा हिडाएको छ । साथै उनीहरुले सास्कृतिक नृत्य पनि गरेका छन् । ‘सुदिप्ता क्यान्सर सरभाइवर ‍र्याम्प सो’ नाम दिइएको कार्यक्रममा २४ जना ‍र्याम्पमा उत्रिएका थिए ।

वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र  हरिवंश आचार्य ‍र्याम्पमा उत्रिएपछि सुरु भएको कार्यक्रममा क्यान्सर रोगलाई जित्न सफल भएकाहरु हँसिलो मुहार लिएर ‍र्याम्पमा हिँडेका थिए । समयमै उपचार गर्ने हो भने क्यान्सर रोगको उपचार सम्भव भएको सन्देश प्रवाह गर्ने उद्देश्यबाट नेपालमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरिएको हो । र्याम्पमा १३ वर्ष उमेरकी बालिकादेखि ७० वर्षसम्मका महिलाहरुको उत्साहजनक सहभागितामा थियो ।

कार्यक्रममा हास्यकलाकार श्रेष्ठ र आचार्यले समय–समयमा स्वास्थ्य परीक्षण गराउन आग्रह गर्नुभयो । क्यान्सरलाई जितेर स्वस्थ जीवनयापन गर्दै समाजमा उदाहरण बन्न सफल भएकाहरुलाई पहिलोपटक ‍र्याम्पमा हिँडाएर सकारात्मक सन्देश दिन खोजिएको कार्यक्रम वर्षेनि आयोजना गरिने अस्पतालले जनाएको छ ।

Facebook Comments
मनोरञ्जन, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *