साउन २२ –  सर्वोच्च अदालतले क्रूर र निर्दयी तरीकाले पशुपंक्षी ढुवानी नगर्न/ नगराउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । मासु उत्पादनका लागि ढुवानी गरिने पशुपंक्षी माथि अमानवीय व्यवहार भएको भन्दै यस्तो काम तत्काल रोक्न माग गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठ र षट्कोण श्रेष्ठले साउन १३ गते सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । अदालतले दुवै पक्षलाई आगामी भदौ ३ गते छलफलका लागि बोलाएको छ । निवेदनमा पशु ढुवानी मापदण्ड, २०६४ मा भएको कानूनी व्यवस्था कार्यान्वयन गर्न समेत माग गरिएको छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *