कात्तिक ७ गते सम्म सर्वोच्च अदालत बन्द

असोज २४ – आजदेखि आउँदो कात्तिक ७ गते सम्म सर्वोच्च अदालत बन्द हुने भएको छ । दशैंको घटस्थापनाको दिन आजदेखि कोजाग्रत पूर्णिमासम्म बन्द हुने भएको हो । अदालतले विज्ञप्ती निकालेर अदालतल बन्द भएको समयमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ भने हुने जनाएको छ । दशैंमा टिकाको दिन कात्तिक २ गते र शनिबार बाहेक अरु दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने विज्ञप्तिमा उल्लेख छ । दसैँ अवधिभर मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०६४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्ने अनुमति प्रदान गर्नका लागिसमेत व्यवस्था मिलाइएको छ । निवेदनको सुनुवाइका लागि सर्वोच्च अदालतमा न्यायाधीशलाई तोकिसकिएको छ । मुद्दा हेर्ने अनुमति पाएका सबै तहका अदालत खुला रहने पनि विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments
समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *