आजदेखि  सुपथ मुल्य पसल

असोज १२ – सरकारले आजदेखि चाडपर्व लक्षित सुपथ मुल्य पसल खोल्दैछ । सरकारले आजदेखि छठ पर्वसम्म विभिन्न ठाउँमा सुपथ मुल्य पसल खोल्न लागेको हो । यो वर्ष सहकारी संस्था र खुद्रा व्यापार संघसँगको सहकार्यमा सुपथ पसल खोल्न लागेको नेपाल खाद्य संस्थानले जनाएको छ । संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालका अनुसार काठमाण्डूको रामशाहपथ, थापाथली र ललितपुरको नख्खुबाहेक अरु ठाउँमा सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्न गरिनेछ । संस्थानले यो वर्ष चाडपर्व लक्षित खसीबोका र च्याङ्ग्रा घटस्थापना अघि ल्याउने तयारी गरेको उहाँले बताउनुभयो । संस्थानले यो पटक बासमति, जापानिज, जिरा मन्सुलीसहित कर्णालीको फापर, सिमीसमेत बिक्री वितरणमा राख्ने तयारी गरेको छ । यो वर्ष मासु, बासमति चामल र फापरमा १० रुपैयाँ र अरु खाद्यान्नमा ५ रुपैयाँ छुट दिने खनालले जानकारी दिनुभयो ।

Facebook Comments
ब्यानर, समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *