जापान: आत्महत्या गर्ने बालबालिकाको संख्या धेरै

कार्तिक २० – जापानमा आत्महत्या गर्ने बालबालिकाको संख्या तीन दशक उताकै धेरै रहेको पाइएको छ । आर्थिक वर्ष २०१६/१७ को मार्च महिनासम्ममा प्राथमिक तहदेखि उच्च तहसम्म अध्ययनरत २ सय ५० बालबालिकाले आत्महत्या जापानको त्यहाँको शिक्षा मन्त्रालयले जनाएको छ । उनीहरु सबै १८ वर्ष मुनिका हुन् । जापानमा सन् १९८६ यता बालबालिकाले गर्ने आत्महत्याको दर पाँच गुणाले बढेको बिबिसीले जनाएको छ । उनीहरुले पारिवारिक समस्या, भविष्यको चिन्ता र विद्यालयमा हुने अपमानका कारण आत्महत्या गरेका पाइएको खबरमा उल्लेख छ ।

Facebook Comments
यो पनि ..........

Leave a Reply

Your email address will not be published. Required fields are marked *