कार्तिक १० – श्रीलंकामा पूर्व राष्ट्रपति महिन्दा राजापाक्ष, प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति चुनावमा मैत्रीपाल सिरीसेनासँग पराजित भएका राजपाक्षलाई मैत्रीपालाले नै प्रधानमन्त्री नियुक्त गर्नुुभएको हो । राष्ट्रपति मैत्रीपाला सिरीसेनाले रानिल विक्रमसिंघेलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्दै राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । सिरिसेनाको दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै उहाँले प्रधानमन्त्री परिवर्तन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । वर्खास्तमा परेका विक्रमसिंघेले भने आफू नै श्रीलंकाको प्रधानमन्त्री रहेको दावी गर्नुभएको छ । संसद्मा अझै आफ्नो बहुमत भएकाले आफू नै प्रधानमन्त्री भएको उहाँको दाबी छ । विक्रमसिंघेको दलले राष्ट्रपतिले कु गरेको आरोप समेत लगाएको छ । पछिल्ला दिनमा विक्रमसिंघे र राष्ट्रपति सिरीसेनाबिच सरकारको काम कारवाहीलाई लिएर मतभेद थियो ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *