असोज १८ – अमेरिकाको साउथ क्यारोलिनामा अन्धाधुन्ध गोली चल्दा एक जनाको ज्यान गएको छ । बन्दुकधारीले सातजना प्रहरी अधिकारी गोली प्रहार गरेका विविसीले जनाएको छ । स्थानिय अधिकारीका अनुसार बन्दुकधारीले फ्लोरेन्समा बालबालिकाई बन्धक बनाएका थिए । प्रहरीसहितको सरकारी टोली उनीहरुको उद्धारका लागि पुगेको थियो । त्यसक्रममा बन्दुकधारीले गोली चलाउँदा ६ जना प्रहरी अधिकारी घाइते भएका खबरमा उल्लेख छ । प्रहरीले दुई घण्टाको प्रयासपछि बन्धक बनाइएका सबैलाई उद्धार गरी अस्पताल लगेको स्थानीय अधिकारीले बताएका छन् ।

Facebook Comments
अन्तरार्ष्ट्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *