भाद्र ६ –  सूर्ती चुरोट खाने बाबुआमासँग हुर्किएका बालबालिकाको, वयस्क भएपछी गम्भीर रोगका कारण ज्यान जाने एक अध्ययनले देखाएको छ । यस्ता ब्यक्तिमा फोक्सोसम्बन्धी गम्भीर रोग लाग्ने र ज्यान जाने जोखिम उच्च हुने अमेरिकामा गरिएको एक अध्ययनले देखाएको हो । बाल्यकालमा चुरोट खाने मानिसको वरपर रहेर हुर्किएका एक लाख वयस्कले ज्यान गुमाइरहेका अध्ययन प्रतिवेदनलाई उदृत गर्दै विविसीले जनाएको छ । अनुसन्धानकर्ताले बालबालिकालाई जोगाउने सबैभन्दा उत्तम उपाय सूर्ती चुरोट त्याग्नु नै भएको बताएका छन् । अमेरिकी क्यान्सर सोसाइटीले ७० हजार ९ सय चुरोट नपिउने पुरुष तथा महिलामा गरिएको अध्ययनको नेतृत्व गरेको थियो ।

Facebook Comments
ब्यानर, यो पनि ..........

Leave a Reply

Your email address will not be published. Required fields are marked *