मंसिर २५ – ललितपुरको नख्खु कारागारमा रहेका धेरै कैदीबन्दीमा छालाको समस्या देखिएको छ । एउटै कोठामा धेरै जना बस्ने भएकाले छालाको संक्रमण चाँडो फैलिएको कारागारका स्वास्थ्य सहायक नानीमैयाँ दाहालले बताउनुभयो । उनीहरुलाई छाला चिलाउने, दाद, लगायतका समस्या देखिएको छ । कैदीबन्दीको सामान्य रोगको कारागारकै स्वास्थ्यकर्मीले उपचार गर्ने गरेका छन् भने जटिल खालका समस्या देखिएमा स्वास्थ्यकर्मीको सिफारिसमा वीर अस्पताल, गङ्गालाल हृदयरोग केन्द्र, तिलगङ्गा आँखा अस्पताललगायत सरकारी अस्पतालबाट उपचार हुँदै आएको छ । नख्खु कारागारमा अहिले ८ सय कैदीबन्दी रहेका कारागारले जनाएको छ ।

Facebook Comments
BANNER, SOCIETY

Leave a Reply

Your email address will not be published. Required fields are marked *