जेठ २८ –  काष्ठमण्डप व्यापार समाजले एक हप्ताभित्र काठमाडौंको सिंहसतल मन्दिरमा रहेका १५ वटा पसलहरु हस्तान्तरण नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । समाजले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरेर प्राप्त गरेको पसलहरु आफुहरुले एक महिनादेखि नपाएको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । संस्थाका संरक्षक राजेश मानन्धरले पसलको ६ महिनाको अग्रिम भाडासमेत तिरेको स्थितिमा झुलाएर राखेको बताउनुभयो । आफूहरुले अहिले पाएको अधिकार सोझो तरिकाले पाउन नसके अदालतसम्म जान बाध्य हुने उहाको चेतावनी थियो । त्यस्तै काष्ठमण्डप व्यापार समाजका अध्यक्ष शरणकुमार बानियाँले प्रक्रियामार्फत प्राप्त गरेको अधिकार नपाएसम्म आन्दोलनमा उत्रिने जिकिर गर्नुभयो ।

Facebook Comments
समाज

One thought on “सिंहसतल मन्दिरका पसल हस्तान्तरण नगरिए काष्ठमण्डप व्यापार समाज आन्दोलनमा उत्रिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *