असार ८ – नियम विपरीत सञ्चालन गरेको पाइएपछि काठमाडौँ उपत्यकाका दुई पसलमा शिलबन्दी गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा कलङ्कीको माया ट्रेडर्स र नयाँ बानेश्वरको फुड एण्ड एलाइट स्टोर बन्द गरेको हो । अनुगमनको क्रममा म्याद नाघेको औषधि बिक्रीका लागि राखिएको, मूल्यसूची र व्यवसाय दर्ता र नापतौल प्रमाणीकरण नभएको पाइएपछि शिलबन्दी गरिएको हो । सञ्चालक स्वंयम्को जिम्मामा रहने गरी ती दुवै पसललाई बन्द गरी केही निर्देशन पूरा गरी सात दिनभित्र विभागमा जान भनिएको अनुगमन संयोजक सुभाष चापागाईँले बताउनुभयो ।

Facebook Comments
CRIME/ACCIDENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *